Breaking News

अशोकको फिल्म साम्राज्ञीले नगर्दा स्वस्तिमालाई फाइदा

निर्माता तथा निर्देशक अशोक शर्मा नयाँ चलचित्रको तयारीमा जुटेका छन् । उनले लामो समयपछि निर्देशन गर्न लागेको नयाँ चलचित्रको नाम तय भएको छैन । तर, कलाकारको नाम भने फाइनल गरिएको छ । अशोकले निर्देशन तथा निर्माण गर्न लागेको नयाँ चलचित्रमा सौगात मल्ल, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का मुख्य भूमिकामा देखिदैछन् ।

यो चलचित्रको छायांकन माघको अन्तिमबाट सुरु हुनेछ । चलचित्रको कथा खगेन्द्र आफैले लेखेका हुन् । यो चलचित्रका लागि सुरुवातमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अफर गरिएको थियो । तर, साम्राज्ञीले गाउँले भूमिका भएको भन्दै गर्न नमानेपछि स्वस्तिमालाई अफर गरिएको थियो । स्वस्तिमाले भने यो चलचित्रमा काम गर्ने पक्का भएको छ ।

चलचित्रलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने तयारी अशोकले गरेका छन् । चलचित्रको छायांकन इलाम, विर्तामोड लगायतका स्थानमा गरिनेछ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *