Breaking News

डार्क सर्कलको समस्याबाट छुटकारा दिलाउने यस्ता छन् ८ उपाय , जानी राखौँ

आजकल पुरुष पनि आफ्नो सुन्दरतामा निकै बढी ध्यान दिन थालेका छन् । प्रायजसो महिलाहरूलाई आँखामा डार्क सर्कलको समस्याले पिडित बनाएको देखिन्छ । तर यो समस्या महिलाहरूलाई मात्र नभई पुरुषहरू पनि यस समस्याबाट गुज्रिरहेका हुन्छन् । पुरुषको आँखाको तल हुने कालो घेराले उनीहरूको सुन्दरता र स्मार्टनेसलाई कम गर्न सक्छ । कतिपय अवस्थामा आँखाको तल हुने कालो घेरा अस्वस्थ जीवनशैलीको परिणाम हुन्छ । अत्यधिक काम गर्नु, तनाव लिनु, निन्द्रा पूरा नहुनु जस्ता अन्य कारणले आँखाको तल कालो घेरा हुन्छ । यसकारण यहाँ पुरुषको लागि आँखाको डार्क सर्कल हटाउने केही उपयोगी उपाय चर्चा गरिएको छ ।

१-नेचुरल ओयलले ठिक गर्नुहोस्, पिगमेन्टेशन

हाम्रो आँखाको तलको त्वचा निकै संवेदनशील हुन्छ, जसको राम्रो तरिकाले मसाज गर्न आवश्यक हुन्छ । एभोकाडो ओयल, सूर्यमुखी तेल या भिटामिन ई तेलले आँखाको तल मसाज गर्न सकिन्छ । यसबाट डार्क सर्कलको समस्याबाट छुटकारा मिल्छ ।

२-धुम्रपान र मध्यपानको सेवन गर्नुहुँदैन

पुरुषलाई डार्क सर्कलको एक सामान्य कारण अधिक धुम्रपान र मध्यपानको सेवन गर्नु हो । यदि तपाई यी कामलाई छोड्नुहुन्छ भने डार्क सर्कलको समस्याबाट सधैँको लागि छुटकारा पाउन सक्नुहुन्छ ।

३-रोजवाटरको प्रयोग गर्नुहोस्

रोजवाटर नेचुरल चीज हो, जसबाट त्वचालाई निकै फाइदा मिल्छ । यदि तपाई आफ्नो आँखाको तल रोजवाटर लगाउनुहुन्छ भने त्वचालाई ज्यादै फाइदा मिल्छ । यसलाई तपाईले सजिलै कुनै पनि मेडिकल शपमा पाउन सक्नुहुन्छ । यसलाई कुनै कटन प्याडको मद्दतले लगाउनुहोस् ।

४-काँचो आलू पनि कम छैन

आलू हरेक घरमा प्रयोग गरिन्छ । यसले त्वचाको रंग निकै हल्का बनाउँछ र यसले डार्क सर्कल पनि कम गर्छ । एक चिसो आलूको रस निकाल्नुहोस् र आफ्नो आँखामा लगाउनुहोस् । यस विधीलाई केही दिन सम्म प्रयोग गर्दा अवश्य असर देखिन्छ ।

५-काक्राको प्रयोग

डार्क सर्कलको उपचारमा सबैभन्दा राम्रो उपाय काक्राको प्रयोग गर्नु हो । काक्रा एक राम्रो एस्ट्रीजेन्ट र राम्रो क्लीन्जर पनि हुन्छ, जसले आँखाको तल हुने कालो घेरालाई कम गर्छ । काक्राको स्लाइसलाई काटेर आँखामा राख्नुहोस् । यस्तो दिनमा दुई पटक गर्नुहोस् र लगभग दस दिनमा लाभ मिल्छ ।

६- टी ब्याग्स

टी ब्याग्सको प्रयोग गर्नाले पुरुषको आँखाको तल हुने डार्क सर्कललाई हटाउन सकिन्छ । बिहान चिया पछि प्रयोग गरिएको टी ब्याग्सलाई फ्रिजमा राख्नुहोस् । जब समय मिल्छ तब त्यसलाई फ्रिजबाट निकालेर रूमको तापमानमा हुनका लागि राख्नुहोस् । यसपछि आफ्नो आँखामा लगाउनुहोस् ।

७-टमाटरको प्रयोग

टमाटर खानमा मात्र स्वादिलो नभई त्वचाको रंग निखार्न पनि मद्दतगार हुन्छ । यसको रस एक ब्लीचिंग एजेन्टले भरिएको हुन्छ । यसलाई तपाईले पल्प या जूसको रूपमा लगाउन सकिन्छ ।

८-बदामको तेल

बदामको तेल विभिन्न प्राकृतिक गुणले भरिपूर्ण हुन्छ, जसले आँखाको वरिपरीको त्वचालाई फाइदा पुर्याउँछ । बदामको तेलको नियमित उपयोगले त्वचाको रंग हल्का पर्छ । यसकारण यसलाई आँखाको वरिपरी लगाउँदा डार्क सर्कल हट्छ । राति यसलाई आँखाको तल थोरै लगाएर हल्का हातले मसाज गर्नुहोस् । बिहान उठ्ने बित्तिकै चिसो पानीले धुनुहोस् ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *